आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
नवलपुर,कात्तिक १६ । मौसममा सुधार आएसँगै धानबाली भित्र्याउन मौसमविद्ले किसानलाई सुझाव दिएका छन् । बंगालको खाडीमा विकसित अर्को प्रणालीको प्रभाव नेपालमा नपर्ने भएकाले किसानले ढुक्क भएर धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्न सक्ने मौसमविद् उज्ववल उपाध्याय बताउनुहुन्छ ।
यसअघि बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले नेपालमा समेत पानी परेपछि धान भित्र्याउने तयारीमा रहेका किसान समस्यामा थिए । अर्नब चक्रवातको प्रभाव बाहिरिएसँगै हिजोदेखि नै देशका विभिन्न ठाउमा घाम लाग्न शुरु भएको छ ।
अबको केही दिनसम्म नेपालमा ठूलो वर्षा हुने सम्भावना कम रहेको छ । यसले विशेषगरी धान पाकेर काट्ने तयारीमा रहेका किसानलाई राहत पुग्ने देखिएको छ । लामो समयसम्म वर्षा नभएमा खेतमा रहेको धान काट्न, खलामा सुकाउन र भण्डारण गर्न सहज हुनेछ ।

हिमाली तथा पहाडी एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
नवलपुर,कात्तिक १६ । आज देशका हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको तराईका एकरदुई ठाउँमा पनि

फेसबुकबाट प्रधानमन्त्रीको चेतावनी : एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !
नवलपुर,कात्तिक १६ । प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि सबैको गलत समय आउने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले एक,

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते







प्रतिकृया दिनुहोस