बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।
आगलागीमा घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा बिहान साढे ५ बजेतिर विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी टोली, सशस्त्र प्रहरी बल, स्थानीयबासिन्दा तथा दमकलको सहायतामा आगो निभाइएको छ । घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।
अन्य घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भैरहेको प्रहरीको भनाइ छ ।

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी
नवलपुर,कात्तिक १५ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने
नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान,

न्यायालयमा देखिएको विकृति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष
नवलपुर,कात्तिक १५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने







प्रतिकृया दिनुहोस