न्यायालयमा देखिएको विकृति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष
नवलपुर,कात्तिक १५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ ।
इनम सापकोटासँग सम्बन्ध देखिएर विवादित बनेका सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन रास्वपाले आफ्नो संसदीय दललाई निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय कार्यालय चःमतीमा हिजो बसेको सचिवालय बैठकले पार्टीको संसदीय दललाई निर्देशन दिएको हो । पार्टीका प्रवक्ता जगदीश खरेलले केही न्यायाधीशलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा जे जति सन्दर्भ आइरहेका छन्, यो विषयलाई अब निरुपण गर्नुपर्ने बैठकको निष्कर्ष रहेको बताउनुभयो ।
न्यायालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता महसुस भएको अवस्थामा अब संसद्बाट यसको निरुपण खोज्नुपर्ने उहाँको भनाइ छ । रास्वपाले न्याय क्षेत्रमा देखिएका पछिल्ला विवादहरूको निरुपणका लागि संसदीय प्रक्रिया नै एकमात्र संवैधानिक विकल्प भएको ठहर गरेको छ ।
महाअभियोगको सम्भावनाबारे सोधिएको प्रश्नमा प्रवक्ता खरेलले संसदीय प्रक्रियामा प्रवेश गरेपछि मात्र त्यसबारे तय हुने उल्लेख गर्नुभयो । यसैगरी, पत्रकार पक्राउ र धरपकडको घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र छानबिन गर्न सरकारलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
प्रवक्ता खरेलले सरकारमा सहभागी भए पनि रास्वपा प्रेस स्वतन्त्रता र मानव अधिकारको पक्षमा दृढ रहेको बताउनुभयो । प्रधानमन्त्रीको निर्देशनमा पत्रकारहरू रिहा भइसकेको सन्दर्भ जोड्दै उहाँले यस प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारलाई पार्टीका तर्फबाट कडा निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँले घटनामा को संलग्न थियो, किन र कसरी त्यस्ता गतिविधि भए भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी
नवलपुर,कात्तिक १५ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने
नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान,







प्रतिकृया दिनुहोस