नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने
नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ ।
आयोजनाका अनुसार कार, भ्यान, पिकअपलगायतका हलुका गाडीले सुरुङमार्ग हुँदै काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिदा ६० रुपैयाँ शुल्क लाग्नेछ ।
मिनी बस–ट्रक र टिपरले काठमाण्डौ भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी बस तथा ट्रकका लागि काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।
ठूला ट्रक तथा लरीले काठमाण्डौ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाडीलाई प्रवेश खुला गरिएको थियो । गएको भदौ १७ मा नागढुंगा ओरालोमा सडक भासिएर समस्या भएपछि सबै गाडीलाई हिजो शनिबारसम्म बिनाशुल्क चल्न दिइएको थियो ।
सडक बोर्डले कार्यकारी समितिको असोज १२ को निर्णय तथा राजपत्रमा गएको चैत २६ मा प्रकाशित सूचनाअनुसार आजदेखि शुल्क लिने निर्णय गरेको हो । शुल्क अहिलेलाई नगद वा क्यूआरबाट पनि तिर्न मिल्ने व्यवस्था गरिएको छ । युसिन–एआरटी जेभीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ ।
युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । निर्माण थालेको झण्डै ८० महिनापछि गएको साउन ११ मा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको थियो । सुरुङमार्गभित्र गति तोकिएको छ ।
प्रतिघण्टा ४० किलोमिटरको गतिमा गाडी चलाउनुपर्नेछ ।

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी
नवलपुर,कात्तिक १५ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि

न्यायालयमा देखिएको विकृति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष
नवलपुर,कात्तिक १५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने







प्रतिकृया दिनुहोस