-->

हिमाली तथा पहाडी एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Nawalpurfm

नवलपुर,कात्तिक १६ । आज देशका हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको तराईका एकरदुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा छिटपुट वर्षा भएको छ । धेरै ठाउँको मौसम सफा छ ।

बंगालको खाडीमा विकसित ’अर्नब’ चक्रवातको प्रभाव सकिएसँगै हिजोदेखि मौसम खुलेको हो । बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना भए पनि यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरुले पनि नयाँ प्रणालीको असर नपर्ने भएकोले ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । मौसमविद्का अनुसार अब दुई हप्तासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली आउने संभावना छैन ।

हिजो भारतीय मौसम विज्ञान विभागले दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै चक्रवाती आँधीमा परिणत हुने क्रममा रहेको जनाएको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नवलपुर,कात्तिक १६ । मौसममा सुधार आएसँगै धानबाली भित्र्याउन मौसमविद्ले किसानलाई सुझाव दिएका छन् । बंगालको खाडीमा विकसित अर्को प्रणालीको प्रभाव

Nawalpurfm

फेसबुकबाट प्रधानमन्त्रीको चेतावनी : एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !

नवलपुर,कात्तिक १६ । प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि सबैको गलत समय आउने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले एक,

Nawalpurfm

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

↑