फेसबुकबाट प्रधानमन्त्रीको चेतावनी : एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !
नवलपुर,कात्तिक १६ । प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि सबैको गलत समय आउने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले एक, दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत चेतावनी दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्री शाहले कसलाई लक्षित गर्दै यस्तो चेतावनी दिनुभएको हो भन्ने स्पष्ट खुलेको छैन ।
स्ट्याटसमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले कमेन्ट गर्दै ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?’ भनेर लेख्नुभएको छ ।
यसअघि प्रधानमन्त्रीका सल्लाहकार बेनले फेसबुकमा केही पत्रकारलाई ट्याग गर्दै ‘यो २८ जनामा पत्रकार को को पर्या हो रु २८ मा नपर्नु पनि के पत्रकार होइन त साथी हो ?’ भनेर लेख्नुभएको थियो ।
प्रहरीले गएको शुक्रबार केही पत्रकारलाई पक्राउ गर्नुअघि प्रधानमन्त्रीको सचिवालयले २८ जना पत्रकारको सूची तयार पारेको खबर सार्वजनिक भएपछि बेनले फेसबुकमा यस्तो टिप्पणी गर्नुभएको हो ।
त्यसमा प्रधानमन्त्री शाहले जवाफ फर्काउँदै ‘कुपन्डोल जाने मात्रै पत्रकार, अरु कलाकार रु’ भन्दै व्यंग्य गर्नुभएको छ ।

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
नवलपुर,कात्तिक १६ । मौसममा सुधार आएसँगै धानबाली भित्र्याउन मौसमविद्ले किसानलाई सुझाव दिएका छन् । बंगालको खाडीमा विकसित अर्को प्रणालीको प्रभाव

हिमाली तथा पहाडी एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
नवलपुर,कात्तिक १६ । आज देशका हिमाली तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको तराईका एकरदुई ठाउँमा पनि

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते







प्रतिकृया दिनुहोस