-->

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण

Nawalpurfm

नवलपुर,कात्तिक २० । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको हिजो परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा यो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी छ ।

यही तयारी स्वरुप दुई इञ्जिन र सात डिब्बा भएको भारतीय विशेष रेल सेवाको रेल भारतको अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनाका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास छ ।

जनकपुर र अयोध्या रामायणसँग जोडिएका दुई महत्वपूर्ण धार्मिक शहर हुन् । हिन्दू धार्मिक मान्यता अनुसार जनकपुरलाई सीताको जन्मभूमि र अयोध्यालाई रामको जन्मभूमिका रूपमा लिइन्छ । यी दुई शहरको धार्मिक र सांस्कृतिक सम्बन्ध सदियौंदेखि रहँदै आएको छ ।

अहिले भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

नवलपुर, कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका

Nawalpurfm

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता

नवलपुर,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज

Nawalpurfm

सार्वजनिक बसमा महिलालाई हातपात तथा दुर्व्यवहार  गर्ने तीनजना पक्राउ

नवलपुर,कात्तिक २० । सार्वजनिक बसमा महिला यात्रुलाई हातपात तथा दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । गएको

↑