-->

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय

Nawalpurfm

नवलपुर, कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका फैसला, न्यायिक निष्पक्षता, नैतिक आचरण र सम्पत्ति विवादमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगी, चन्द्रबहादुर सारुलगायतको न्यायिक कार्यसम्पादन र विगतका विवादित फैसलाबारे प्रश्न उठाउँदै सम्बन्धित मिसिल तथा प्रमाण अध्ययन गर्न माग गरेका हुन् ।

टङ्कराज न्यौपानेले प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीसँग जोडिएको जग्गा विवादबारे समितिमा उजुरी दिनुभएको छ ।

उजुरीकर्ता विनोद सञ्जेलले प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारुसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको फैसलामाथि प्रश्न उठाउनुभएको छ ।

बैठकमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्यायपालिकाको विश्वसनीयता र कानून व्यवसायीको प्रतिष्ठा एकअर्कासँग जोडिएको बताउनुभयो । भ्रष्टाचारका स्वरूप बदलिँदै गएको उल्लेख गर्दै उहाँले न्यायिक नियुक्तिमा निष्पक्षता र नैतिक आचरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता

नवलपुर,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज

Nawalpurfm

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण

नवलपुर,कात्तिक २० । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको हिजो परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र

Nawalpurfm

सार्वजनिक बसमा महिलालाई हातपात तथा दुर्व्यवहार  गर्ने तीनजना पक्राउ

नवलपुर,कात्तिक २० । सार्वजनिक बसमा महिला यात्रुलाई हातपात तथा दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । गएको

↑