सार्वजनिक बसमा महिलालाई हातपात तथा दुर्व्यवहार गर्ने तीनजना पक्राउ
नवलपुर,कात्तिक २० । सार्वजनिक बसमा महिला यात्रुलाई हातपात तथा दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ ।
गएको मंगलबार काठमाण्डौबाट महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६३ नम्बरको रात्रीबसमा यात्रारत एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ मटैना निवासी २१ वर्षका समीर बिष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन् ।
उनीहरुले युवतीलाई बसभित्रै दुर्व्यवहार गरेको र रक्सी खाएका उनीहरुको हर्कतविरुद्ध युवतीले प्रतिवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो । आफूमाथि दुर्व्यवहार भएको भन्दै पीडित युवतीले प्रहरीमा निवेदन दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रस्तावित न्यायाधीशबारे संसदीय समितिमा उठ्यो न्यायिक विचलन र भ्रष्टाचारको विषय
नवलपुर, कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने व्यक्तिहरूले सम्बन्धित मुद्दाका

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता
नवलपुर,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण
नवलपुर,कात्तिक २० । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको हिजो परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र








प्रतिकृया दिनुहोस