बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ
नवलपुर, कात्तिक २६ । नवलपुरको देवचुलीमा पाँच वर्षीय बालकलाई सवारी साधनले ठक्कर दिएर फरार भएका चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरको अनुसार गत कार्तिक २१ गते राति करिब ८ बजे देवचुली नगरपालिका–४ स्थित सिर्जनाटोलको भित्री पक्की सडकमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ निवासी प्रदीप पराजुली र प्रेमकुमारी लामिछानेका पाँच वर्षीय छोरा प्रनिश पराजुलीलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर फरार भएको थियो।
घटनापछि प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र चालकको खोजीका लागि प्राविधिक तथा मानवीय सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा दुर्घटनामा संलग्न लु.प्र.०१००१ च २०७५ नम्बरको सवारी साधन र चालक बुलिङटार गाउँपालिका–२ टाँडीस्वाँरा निवासी यस बहादुर दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दमाईलाई कार्तिक २५ गते चितवनको रत्ननगर नगरपालिका–बैरिया क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दमाईविरुद्ध सवारी दुर्घटनाबाट अंगभंग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले कार्तिक २६ गते नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

विनयी त्रिवेणीको भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल, डार्ट टोलि फर्कियो
नवलपुर, कात्तिक २६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ स्थित भेडीगाउँमा तीनवटा गाई मारेको पाटेबाघलाई नियन्त्रणमा लिने प्रयास असफल भएको छ।
.2026-11-12-06-40-08.jpeg)
गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ, १ किलो ५६५ ग्राम गाँजा बरामद
नवलपुर, कात्तिक २६ । नवलपुरको गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषधका क्याप्सुल तथा

नेपाल शान्ति माविको शैक्षिक विकासका लागि हुप्सेकोटमा नौदिने महायज्ञ
नवलपुर,कार्तिक २२ । विद्यालयको स्रोतसाधन विस्तार गर्दै विद्यार्थीलाई प्रविधि र व्यावहारिक सीपसँग जोड्ने उद्देश्यले हुप्सेकोट गाउँपालिका–३





प्रतिकृया दिनुहोस