-->

हुप्सेकोट–३ बेलहानीमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सवको तयारी तीव्र

Nawalpurfm

नवलपुुर, कात्तिक २७ । नवलपुरको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा आयोजना हुन लागेको श्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं शैक्षिक महोत्सव–२०८३ को तयारी तीव्र पारिएको छ। आगामी मङ्सिर १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने महायज्ञलाई भव्य र व्यवस्थित बनाउन आयोजकले यज्ञमण्डप निर्माणदेखि धार्मिक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापनलाई तीव्रता दिएको हो।

नेपाल शान्ति माध्यमिक विद्यालय र हुप्सेकोट प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा हुन लागेको महायज्ञका लागि यज्ञमण्डप, हवन कुण्ड तथा धनधान्याञ्चल स्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। परम्परागत धार्मिक स्वरूपमा निर्माण भइरहेको यज्ञमण्डपलाई काँसले छाउने काम भइरहेको छ भने मञ्च निर्माण, सजावट तथा अन्य व्यवस्थापकीय तयारीसमेत अघि बढाइएको छ।

हुप्सेकोट प्राविधिक शिक्षालयका व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर कार्कीले महायज्ञस्थलमा आवश्यक भौतिक संरचना निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो।

विद्यालयको अक्षय कोष स्थापना, शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधियुक्त र सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो। महायज्ञबाट संकलित सहयोग विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्ने आयोजकको लक्ष्य छ।

धनधान्याञ्चल मूल समारोह समितिका अध्यक्ष एवं नेपाल शान्ति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीकान्त पाण्डेले महायज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले धार्मिक, सामाजिक तथा शैक्षिक विकाससँग जोडिएको यस अभियानमा सहभागी भई तन, मन र धनले सहयोग गर्न धर्मानुरागी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा देश–विदेशमा रहेका नेपालीलाई आग्रह गर्नुभयो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गौतमले महायज्ञ विद्यालयको शैक्षिक भविष्यसँग जोडिएको महत्त्वपूर्ण अभियान भएकाले यसलाई सबैको साझा कार्यक्रमका रूपमा लिन आग्रह गर्नुभयो। गुणस्तरीय, आधुनिक प्रविधियुक्त तथा सीपमूलक शिक्षा प्रदान गर्ने लक्ष्य प्राप्तिमा महायज्ञले महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको विश्वास छ। उहाँले अभिभावक, पूर्वविद्यार्थी, स्थानीयवासी तथा शिक्षाप्रेमीलाई सहयोग र सहभागिताका लागि अनुरोध गर्नुभयो।

महायज्ञको पहिलो दिन मङ्सिर १ गते बिहान १० बजे शोभा कलश यात्राबाट कार्यक्रमको शुभारम्भ हुनेछ। सोही दिन दिउँसो १ बजे महायज्ञको औपचारिक उद्घाटन, पूर्वाङ्ग तथा कथावाचन शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

मङ्सिर २ गतेदेखि ९ गतेसम्म दैनिक बिहान ७ देखि ९ बजेसम्म हवन पूजन, बिहान ९ देखि ११ बजेसम्म पाठ परायण तथा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म संगीतमय श्रीमद्भागवत कथावाचन सञ्चालन हुनेछ। त्यसैगरी प्रत्येक दिन साँझ ७ बजेदेखि राति साढे ९ बजेसम्म धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

महायज्ञमा धार्मिक अभियन्ता पण्डित बासुदेव घिमिरे तथा अन्तर्राष्ट्रिय प्रवक्ता आचार्य शिवशक्ति दासजी महाराजबाट संगीतमय श्रीमद्भागवत कथावाचन, भजनकीर्तन तथा शान्तिकलश पूजन हुनेछ।

महायज्ञका प्रमुख आकर्षणका रूपमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, देवलीला झाँकी, शृङ्गारिक महाआरती, नवग्रह शान्ति, १००८ शालिग्राम दर्शन, कालसर्प योग, व्रतबन्ध, ८४ पूजा, पितृ मोक्ष, महातुलादान तथा ज्योतिषीय परामर्शलगायतका कार्यक्रम समावेश गरिएको छ।

धार्मिक आस्था, सामाजिक एकता र शैक्षिक विकासलाई एकैसाथ जोड्ने उद्देश्यले आयोजना हुन लागेको महायज्ञले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। महायज्ञलाई सफल बनाउन आयोजकले सम्पूर्ण स्थानीयवासी, अभिभावक, पूर्वविद्यार्थी, शिक्षाप्रेमी तथा देश–विदेशमा रहेका नेपालीलाई उपस्थित भई सहयोग, सहभागिता र सद्भाव प्रदान गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

विनयी त्रिवेणीको भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल, डार्ट टोलि फर्कियो 

नवलपुर, कात्तिक २६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ स्थित भेडीगाउँमा तीनवटा गाई मारेको पाटेबाघलाई नियन्त्रणमा लिने प्रयास असफल भएको छ।

Nawalpurfm

गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ, १ किलो ५६५ ग्राम गाँजा बरामद

नवलपुर, कात्तिक २६ । नवलपुरको गैँडाकोटमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषधका क्याप्सुल तथा

Nawalpurfm

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

नवलपुर, कात्तिक २६ । नवलपुरको देवचुलीमा पाँच वर्षीय बालकलाई सवारी साधनले ठक्कर दिएर फरार भएका चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय

↑