-->

५ मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता

Nawalpurfm

नवलपुर,कात्तिक २२ । रूपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभुत पूर्वाधार र सेवाको अभावमा छन् ।

नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । ५ मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयबान्सिन्दाले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडीमा पनि २ घण्टा टाढाबाट घुम्नुपर्ने बाध्यता रहेको छ ।

नदीको वारी र पारी रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत धेरै नै समस्या हुने गरेको छ । गाउँमा सडक, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यजस्ता आधारभुत सुविधाको सहज पहुँचसमेत नपुगेको स्थानीयबासिन्दा राजेन्द्र गुप्ताको गुनासो छ ।

स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान, बेचन हरिजनले वर्षौंदेखि आफूहरूले दुःख भोग्दै आए पनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको बताउनुहुन्छ । २०३२ सालमा बाढी पसेपछि एउटा गाउँ खोला वारी र पारी छुट्टाएको हो । गाउँ विस्थापित हुँदा बस्तीलाई पुरानो ठाउँबाट झण्डै एक किलोमिटर टाढा सार्नुपरेको थियो ।

त्यसपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले जनजीवन सहज हुन सकेको छैन । २०६० सालमा तत्कालीन वडा ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले ५ जनाको ज्यान गएको थियो भने ठूलो क्षति पुर्‍याएको स्थानीय स्मरण गर्छन् ।

तिनाउ दानव नदीमा एउटा झोलुङ्गे पुल भए पनि त्यसबाट गाडी लैजान सक्ने अवस्था छैन । त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ । खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ ।

बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ । स्थानीय अगुवा वाजिद अली देवानले भरवालिया गाउँको आवागमन सहज बनाउन सडक निर्माणका लागि पहल गर्दै आएको बताउनुभयो ।

उहाँकाअनुसार नदीमा पक्की पुल निर्माण हुनसके भरवालियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका झण्डै ५० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

यो रूपन्देहीको क्षेत्र नम्बर–४ अन्तर्गत पर्छ । स्थानीयले चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गरे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

गगनमाथि देउवाको आरोप–पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउँछ ?

नवलपुर,कात्तिक २२ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको छ

Nawalpurfm

हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपात हुने अनुमान

नवलपुर,कात्तिक २२ । देशका हिमाली र पहाडी भू–भागमा आज दिउँसो आंशिक बदली रहने भएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान

Nawalpurfm

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

नवलपुर,कात्तिक २२ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान

↑