गगनमाथि देउवाको आरोप–पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउँछ ?
नवलपुर,कात्तिक २२ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको छ ।
उहाँले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको दाबी गर्नुभएको हो ।
हिजो आफ्नो पक्षको कांग्रेस काठमाण्डौ जिल्ला समितिको नियमित १५औँ अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको आरोप लगाउनुभयो ।
एक जना व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको उल्लेख गर्दै देउवाले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गर्नुभयो ।
कांग्रेसका सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै देउवाले १८ करोडमा पार्टी अरुलाई बेच्नेले कांग्रेस जोगाउन नसक्ने दाबी गर्नुभयो । उहाँले अब पार्टी र देशका लागि योगदान गर्ने समय आएको समेत बताउनुभएको छ ।

५ मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता
नवलपुर,कात्तिक २२ । रूपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभुत पूर्वाधार र सेवाको अभावमा छन्

हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपात हुने अनुमान
नवलपुर,कात्तिक २२ । देशका हिमाली र पहाडी भू–भागमा आज दिउँसो आंशिक बदली रहने भएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार
नवलपुर,कात्तिक २२ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान








प्रतिकृया दिनुहोस