हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपात हुने अनुमान
नवलपुर,कात्तिक २२ । देशका हिमाली र पहाडी भू–भागमा आज दिउँसो आंशिक बदली रहने भएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
महाशाखाले मौसमको अवस्थाबारे जानकारी राख्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

५ मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता
नवलपुर,कात्तिक २२ । रूपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभुत पूर्वाधार र सेवाको अभावमा छन्

गगनमाथि देउवाको आरोप–पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउँछ ?
नवलपुर,कात्तिक २२ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको छ

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार
नवलपुर,कात्तिक २२ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान








प्रतिकृया दिनुहोस