-->

मुग्लिन नजिकैको घोप्टेभीरको सडक अझै एकतर्फी मात्रै सञ्चालन

Nawalpurfm

नवलपुर,कात्तिक २७ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरको सडक अझै दुईतर्फी खुल्न सकेको छैन ।

सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको सडक अस्ति बुधवारदेखि एकतर्फी सञ्चालन भैरहेको हो । पहिरो ठूलो भएकाले दुईतर्फी खुलाउन समस्या रहेको मुग्लिन प्रहरीले जनाएको छ ।

सोमवार र मंगलबार घण्टौंसम्म अवरुद्ध रहेको  सडक अस्ति बुधवार बिहानदेखि एकतर्फी मात्रै सञ्चालन भैरहेको छ । पहिरोको जोखिम अझै रहेकाले यात्रामा सावधानी अपनाउन र लेन अनुशासन पालना गर्न प्रहरीको आग्रह छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

नवलपुुर, कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

Nawalpurfm

भीमफेदी दुर्घटनाः१३ जनाको शव आफन्तले बुझे

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका

Nawalpurfm

भीमफेदी दुर्घटनाःक्षतिपूर्तिको माग राखेर परिवार र आफन्तले शव उठाउन मानेनन्

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन परिवार र आफन्तले मानेका छैनन् ।

↑