-->

भीमफेदी दुर्घटनाःक्षतिपूर्तिको माग राखेर परिवार र आफन्तले शव उठाउन मानेनन्

Nawalpurfm

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन परिवार र आफन्तले मानेका छैनन् । उनीहरूले सङ्घीय सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

काठमाण्डौबाट सर्लाहीका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा सडकबाट खसेर दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो । तीमध्ये एक जनाको शव परिवारले बुझिसकेका छन् ।

बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शव गृहमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

शव उठाउन नमानेका आफन्तले ज्यान गुमाएकाको परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्नेलगायतका माग राखेका छन् ।

मृतक र घाइतेका परिवार तथा आफन्तसहित प्रशासनको टोली सहमतिका लागि निरन्तर छलफलमा रहेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सरकारले उपलब्ध गराउने कानून तथा नियमअनुसारको क्षतिपूर्ति दिन कुनै बाधा वा अवरोध नरहेको बताउनुभएको छ । तर परिवार र आफन्तले सङ्घीय सरकारबाट थप सम्बोधन हुनुपर्ने माग राखेपछि शव हस्तान्तरणको प्रक्रिया अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

नवलपुुर, कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

Nawalpurfm

भीमफेदी दुर्घटनाः१३ जनाको शव आफन्तले बुझे

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका

Nawalpurfm

चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न रास्वपा सांसदलाई प्रधानमन्त्रीको निर्देशन

नवलपुुर, कात्तिक २७ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी

↑