कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी
नवलपुर,मंसिर २ । काठमाण्डौको कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ ।
कीर्तिपुर प्रहरी वृत्तका अनुसार हिजो मंगलबार बिहान केन्द्रमा चोरी भएको हो । प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्प्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ ।
चोरीको समयमा सीसी क्यामेरामा कैद भएको भिडियो फुटेज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको छ ।
मंगलबार बिहानै एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर बाहिरिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश
नवलपुर, मंसिर २ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट
नवलपुर, मंसिर २ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ

द्रुतमार्गको सबैभन्दा लामो सुरुङ छिचोलियो
नवलपुर, मंसिर २ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ । मकवानपुरको भीमफेदी



.2026-11-12-06-40-08.jpeg)



प्रतिकृया दिनुहोस