-->

द्रुतमार्गको सबैभन्दा लामो सुरुङ छिचोलियो

Nawalpurfm

नवलपुर, मंसिर २ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बाट बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ छन् । आज द्रुतमार्गको सबैभन्दा लामो सुरुङमार्गको दायाँ भागतर्फ छिचोल्ने काम भएको हो ।

यसअघि गएको भदौमा बायाँ भाग छिचोलिएको थियो । आज छिचोलिएको सुरुङको लम्बाइ झण्डै साढे ३ किलोमिटर रहेको छ । बिहान महादेवटारमा नेपाली सेनाले आयोजना गरेको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङ छिचोलिएको हो ।

नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरूङ निर्माणाधीन छन् । नेपाली सेनाले द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी काम गरिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको झण्डै ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

नवलपुर, मंसिर २ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट

Nawalpurfm

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट

नवलपुर, मंसिर २ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ

Nawalpurfm

इन्टरनेट सेवा प्रदायकलाई सेवा दस्तुर दाखिलासम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन

नवलपुर, मंसिर २ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन

↑