प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट
नवलपुर, मंसिर २ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिनुभएको हो । त्यस क्रममा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश
नवलपुर, मंसिर २ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट

द्रुतमार्गको सबैभन्दा लामो सुरुङ छिचोलियो
नवलपुर, मंसिर २ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ । मकवानपुरको भीमफेदी

इन्टरनेट सेवा प्रदायकलाई सेवा दस्तुर दाखिलासम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन
नवलपुर, मंसिर २ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस