दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश
नवलपुर, मंसिर २ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा आज भएको सुनुवाइपछि अदालतले विवादका सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएको छ ।
निवेदक पक्षका कानून व्यवसायीहरूले माग गरेजस्तो अन्तरिम आदेश जारी नगरिकन अन्तरिम आदेश जारी गर्नु पर्छ कि पर्दैन भन्ने छलफलका लागि अदालतले दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।
सुनुवाइका क्रममा कार्कीतर्फका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले निश्चित अवधि तोकेर नियुक्त गरिएका प्रहरी महानिरीक्षकलाई कुनै स्पष्टीकरणविना स्वेच्छाचारी ढङ्गले हटाउनु गैरकानूनी रहेको जिकिर गरेका थिए । उनीहरूले यसअघिका विभिन्न चर्चित नजिरहरूसमेत पेश गर्दै कार्कीलाई तत्काल पदमा फर्काएर काम गर्न दिन अन्तरिम आदेशको माग गरेका थिए ।
तर सर्वोच्च अदालतले प्रारम्भिक चरणमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको हो । सबै विपक्षीहरूको लिखित जवाफ पेश भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइको पालो तोक्नेछ ।

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट
नवलपुर, मंसिर २ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ

द्रुतमार्गको सबैभन्दा लामो सुरुङ छिचोलियो
नवलपुर, मंसिर २ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ । मकवानपुरको भीमफेदी

इन्टरनेट सेवा प्रदायकलाई सेवा दस्तुर दाखिलासम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन
नवलपुर, मंसिर २ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस