-->

काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ

Nawalpurfm

नवलपुर, मंसिर १ । काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको गुनासोका आधारमा पाँचखाल नगरपालिका वडा नम्बर ७ मा रहेको ह्वाइट पार्क रिसोर्टमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३१ जना पुरुष र ५ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार रिसोर्टको दुई वटा कोठामा ठूलो सङ्ख्यामा ल्यापटप र मोबाइलसमेत बरामद भएको छ । उनीहरूले दुई वटा कोठा भाडामा लिएर एउटा कार्यालयजस्तो बनाएका पाइएको छ ।

उनीहरू किन आएका र के गर्न खोजेका हुन् भन्ने खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

नवलपुर, मंसिर १ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि

Nawalpurfm

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यात गर्न अनुमति

नवलपुर, मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत्

Nawalpurfm

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

नवलपुर, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा

↑