-->

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यात गर्न अनुमति

Nawalpurfm

नवलपुर, मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार ९आईएक्स० को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म बिजुली आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो ।

प्राधिकरणले आजदेखि आउँदो साउन १५ गतेसम्म बिहान ५ देखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट दैनिक बिजुली आयात गर्न पाउनेछ ।

अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सोल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट बिजुली आयात हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट बिजुली आयातको अनुमति प्राप्त भएकाले आउँदो हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताउनुभयो ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । हिउँदयामको बिजुली माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

गएके वर्षको बिजुली माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म बिजुली माग आन्तरिक उत्पादनभन्दा धेरै हुने अनुमान छ । यस अवधिमा भारतबाट बिजुली आयात गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर बिजुली आयात गर्नुपर्ने अनुमान छ ।

यस्तै उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म बिजुली आयात गर्नुपर्ने अवस्था रहेको प्राधिकरणको अनुमान छ ।  पुस र चैतमा भने तुलनात्मक रूपमा कम बिजुली आयात गरे पुग्ने आँकलन छ । आउँदो वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक बिजुली उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै निर्यात शुरू हुने अनुमान छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ

नवलपुर, मंसिर १ । काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको गुनासोका आधारमा पाँचखाल नगरपालिका वडा

Nawalpurfm

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

नवलपुर, मंसिर १ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि

Nawalpurfm

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

नवलपुर, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा

↑