पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा
नवलपुर, मंसिर १ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु, पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनबापतको रकम नदिइएकोजस्ता कारणले महासङ्घले आन्दोलन घोषणा गरेको हो ।
यस्ता छन् आन्दोलनका कार्यक्रम –
मङ्सिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने
मङ्सिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने
मङ्सिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल ९पापड० सँग छलफल गर्ने
मङ्सिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध सङ्घ–सङ्गठनसँग छलफल गर्ने
मङ्सिर ९ गते जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने
माग पूरा नभए थप आन्दोलन तय गर्ने

काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ
नवलपुर, मंसिर १ । काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको गुनासोका आधारमा पाँचखाल नगरपालिका वडा

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यात गर्न अनुमति
नवलपुर, मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत्

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित
नवलपुर, मंसिर १ । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा



.2026-11-12-06-40-08.jpeg)



प्रतिकृया दिनुहोस