सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
नवलपुर, मंसिर २ । सुनचाँदीको भाउ घट्नेक्रम रोकिएको छैन ।
आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो ।
भाउ घटेर सुन आज तोलाको २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले घटेको थियो । सुन हिजो तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारयता सुनको भाउ निरन्तर घट्दै आएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ११० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
यसअघि हिजो चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि निरन्तर घटिरहेको छ ।

राष्ट्र बैंकको सम्पत्ति र दायित्व ३९ खर्ब नजिक, सरकारले ४२ अर्ब रुपैयाँ लाभांश पाउने
नवलपुर, मंसिर २ । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति र दायित्व झन्डै ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित
नवलपुर, मंसिर १ । चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३।३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक
शेयर बजार दोहोरो अङ्कले घट्यो
नवलपुर, मंसिर १ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.७९ अङ्कले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ । आज म्युचल फन्ड बाहेक



.2026-11-12-06-40-08.jpeg)





प्रतिकृया दिनुहोस