-->

शेयर बजार दोहोरो अङ्कले घट्यो

नवलपुर, मंसिर १ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.७९ अङ्कले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन समूह १.२१ प्रतिशतले ओरालो लागेको छ ।

आज १८५ वटा कम्पनीको शेयर घटेकोमा ८६ वटाको बढेको छ । ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज एभरेस्ट कलरको शेयर ५.३६ प्रतिशतले घटेको छ । अपर लोहोरे खोला हाइड्रोपावरको शेयर ११.८४ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको शुक्रवार ३ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको १ करोड १२ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

राष्ट्र बैंकको सम्पत्ति र दायित्व ३९ खर्ब नजिक, सरकारले ४२ अर्ब रुपैयाँ लाभांश पाउने

नवलपुर, मंसिर २ । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति र दायित्व झन्डै ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को

Nawalpurfm

सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

नवलपुर, मंसिर २ । सुनचाँदीको भाउ घट्नेक्रम रोकिएको छैन । आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर

Nawalpurfm

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

नवलपुर, मंसिर १ । चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३।३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक

↑