मध्यविन्दु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख अधिकारीद्वारा उद्घाटन
नवलपुर, मंसिर ३ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। कुमारवर्ती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले औपचारिक उद्घाटन गर्नुभएको हो।
प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन्। प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नो खेल प्रतिभा, क्षमता तथा प्रतिस्पर्धात्मक कौशल प्रदर्शन गर्ने अवसर पाउनेछन्।
विद्यालयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। साथै विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, स्वस्थ प्रतिस्पर्धाको भावना र खेल संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विद्यालय तहबाटै खेलकुदको विकास गर्दै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

एन्फामाथि राखेपले लगाएको निलम्बन र प्रतिबन्ध फुकुवा
नवलपुर, मंसिर ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ

एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै
नवलपुर,मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्ने अर्को टोलीको टुङ्गो आज लाग्दैछ । यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम

एनपीएलःचितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत
नवलपुर, कात्तिक २९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ । कर्णालीले



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस