एनपीएलःचितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत
नवलपुर, कात्तिक २९ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९ ओभर १ बलमा १२९ रन बनाउँदा सबै विकेट गुमायो । चितवनका उसामा मिरले नटआउट २८, कामिल मिशाराले २५ रन बनाए । कर्णालीका हुसैन तलातले ३ तथा पवन सर्राफ र मार्क वाटले २र२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । कर्णालीका हुसैन तलतले नटआउट ५१, आरिफुल इस्लामले ३५ रन बनाए । चितवनका कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले २र२ विकेट लिए ।
चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्लेअफबाट बाहिरिइसकेको छ । चितवन ७ खेलमा ७ अङ्कसहित चौथो र कर्णाली ७ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ ।
एनपीएलमा लिग चरणको अन्तिम खेलमा आज बेलुकी ५ बजे काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्स खेल्दैछन् । काठमाण्डौ गोर्खाज प्लेअफमा पुगिसकेको छ भने पोखरा प्लेअफबाट बाहिरिइसकेको छ । काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तेस्रो र पोखरा ६ खेलमा २ अङ्कसहित पुछारमा छ ।
यसअघि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेका छन् । लिग चरणको अन्तिम खेलपछि लुम्बिनीसँग क्वालिफायर खेल्ने र चितवनसँग एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

त्रिवि क्रिकेट रङ्गशालाको पिचबारे असन्तुष्टि
नवलपुर,कात्तिक २८ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भैरहेको त्रिवि क्रिकेट रङ्गशालाको पिचमा पछिल्ला खेलहरूमा उच्च स्कोरको रन बन्न

एनपीएलःदीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमाण्डौलाई १२६ रनको लक्ष्य
नवलपुुर, कात्तिक २७ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

लुम्बिनी एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो
नवलपुर,कात्तिक २७ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन ३ मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । हिजो भएको दोस्रो खेलमा



.2026-11-12-06-40-08.jpeg)



प्रतिकृया दिनुहोस