-->

एनपीएलःदीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमाण्डौलाई १२६ रनको लक्ष्य

Nawalpurfm

नवलपुुर, कात्तिक २७ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ६०, थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए । काठमाण्डौका जहानदाद खानले ३, सन्तोष यादवले २ विकेट लिए ।

एक समय ८ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा दीपेन्द्र र आरिफ शेखले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । यस्तै दीपेन्द्र र थरिन्दुले पनि छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गरे ।

यो खेल जित्ने टोली प्लेअफमा पुग्नेछ । काठमाण्डौ ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिम ६ खेलमा ८ अङ्कसहित नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् ।

चितवन ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ र जनकपुर ६ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ ।

साविक उपाधि विजेता लुम्बिनी लायन्स एनपीएल पुग्ने पहिलो टोली बनेको छ । यस्तै पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

लुम्बिनी एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

नवलपुर,कात्तिक २७ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन ३ मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । हिजो भएको दोस्रो खेलमा

Nawalpurfm

एनपीएलःविराटनगरको तेस्रो जीत, पोखरा प्लेअफ होडबाट बाहिरियो

नवलपुर, कात्तिक २६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराउँदै तेस्रो जीत हासिल गरेको छ । पोखराले

Nawalpurfm

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

नवलपुर,कात्तिक २४ । ओमानमा चलिरहेको यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा

↑