एनपीएलःविराटनगरको तेस्रो जीत, पोखरा प्लेअफ होडबाट बाहिरियो
नवलपुर, कात्तिक २६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराउँदै तेस्रो जीत हासिल गरेको छ ।
पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । विराटनगरका बसिर अहमदले ३७, लोकेश बमले ३३, इसुरु उडानाले नटआउट २५ रन बनाए । पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २र२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा १३२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पोखराका युवराज साम्राले ८४ रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले युवराज साम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २७ रन दिँदै ६ विकेट लिए ।
सन्दीप लामिछाने एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।
यस्तै लामिछाने एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौका शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।
यो जीतसँगै विराटनगर ६ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । पोखरा ६ खेलमा २ अङ्कसहित पुछारमा छ । योसँगै पोखरा प्लेअफ होडबाट बाहिरिएको छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्दैछन् ।
लुम्बिनी ५ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो र कर्णाली ५ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा सातौँ स्थानमा छ ।

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै
नवलपुर,कात्तिक २४ । ओमानमा चलिरहेको यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा

एनपीएलःलगातार चौथो हारपछि पोखराको पहिलो जीत, कर्णाली ६३ रनले पराजित
नवलपुर, कात्तिक २३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जीत हासिल गरेको छ । पोखराले दिएको २१८

एनपीएलमा आज लक्ष्मीपूजा र बुधबार भाइटीकाको दिन विश्राम
नवलपुर,कात्तिक २२ । काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज

.2026-11-12-06-40-08.jpeg)






प्रतिकृया दिनुहोस