-->

एनपीएलमा आज लक्ष्मीपूजा र बुधबार भाइटीकाको दिन विश्राम

Nawalpurfm

नवलपुर,कात्तिक २२ । काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज लक्ष्मीपूजा र बुधबार भाइटीकाको दिन खेल नहुने यसअघिको तालिकालाई निरन्तरता दिएको छ ।

त्यसअनुसार आज र बुधबार भाइटीकाका दिन कुनै खेल हुने छैन ।

भोलि हुने दुई खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । पर्सि मंगलबार बेलुका जनकपुर र सुदूरपश्चिमले खेल्नेछन् । भाइटीकाको अर्को दिन बिहीबार पनि दुई खेल छन् ।

विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबिच बिहीबार प्रतिस्पर्धा हुने तालिका छ । यसअघि हिजो शनिबार भएको खेलमा काठमाण्डौले लुम्बिनीलाई ३६ रनले हराएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

१९ वर्ष मुनिको एशिया कप क्रिकेटमा नेपालले आज यूएइसँग खेल्दै

नवलपुर,कात्तिक २२ । १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । ओमानको अल अमेरातमा हुने नेपाल र यूएईबीचको

Nawalpurfm

भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिए

नवलपुर,कात्तिक २१ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै

Nawalpurfm

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

नवलपुर,कात्तिक २१ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल

↑