१९ वर्ष मुनिको एशिया कप क्रिकेटमा नेपालले आज यूएइसँग खेल्दै
नवलपुर,कात्तिक २२ । १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ ।
ओमानको अल अमेरातमा हुने नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।
नेपालको यो दोस्रो खेल हो । अस्ति शुक्रबार आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले पर्सि मंगलवार पाकिस्तानसँग खेल्नेछ ।
प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।
टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन् ।

एनपीएलमा आज लक्ष्मीपूजा र बुधबार भाइटीकाको दिन विश्राम
नवलपुर,कात्तिक २२ । काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज

भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिए
नवलपुर,कात्तिक २१ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै
नवलपुर,कात्तिक २१ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल








प्रतिकृया दिनुहोस