भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिए
नवलपुर,कात्तिक २१ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै शमीले टेस्ट क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।
टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले भारी मनले सन्यासको निर्णय लिएको उल्लेख गरेका छन् ।
३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिएका छन् । उनी सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन् ।
टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेटलाई निरन्तरता दिने जनाएका छन् ।

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै
नवलपुर,कात्तिक २१ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल

नेपालमा हुने विश्वकप छनोट प्ले–अफको खेल तालिका सार्वजनिक
नवलपुर,कात्तिक २१ । नेपालमा हुन लागेको आईसीसी विश्वकप छनोट प्ले–अफको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले

एनपीएलःमिलरले डेब्युमै नटआउट ९३ रन बनाए पनि कर्णाली पराजित
नवलपुर, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य








प्रतिकृया दिनुहोस