नेपालमा हुने विश्वकप छनोट प्ले–अफको खेल तालिका सार्वजनिक
नवलपुर,कात्तिक २१ । नेपालमा हुन लागेको आईसीसी विश्वकप छनोट प्ले–अफको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते इटलीसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
नेपालले आफ्नो दोस्रो खेल मंसिर २० मा युगाण्डासँग खेल्नेछ । त्यसपछि नेपालले मंसिर २४ मा युएई, २६ मा जर्सी र २८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै, नेपालले पुस ३ मा नामिबिया र ६ मा कुवेतसँग खेल्ने तालिका छ ।
यो प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता रहनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।
अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गरेका छन् ।

भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिए
नवलपुर,कात्तिक २१ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै
नवलपुर,कात्तिक २१ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल

एनपीएलःमिलरले डेब्युमै नटआउट ९३ रन बनाए पनि कर्णाली पराजित
नवलपुर, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य








प्रतिकृया दिनुहोस