एनपीएलःमिलरले डेब्युमै नटआउट ९३ रन बनाए पनि कर्णाली पराजित
नवलपुर, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ ।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । कर्णालीका डेभिड मिलरले डेब्युमै नटआउट ९३ रन बनाए । ५५ बल खेलेका मिलरले ७ छक्का र ५ चौका प्रहार गरे । सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए ।
मिलरको यो रन तेस्रो संस्करणको एनपीएलमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन हो । यसअघि विराटनगर किङ्ग्सका लोकेश बमले कर्णालीसँगको खेलमा ८७ रन बनाएका थिए । मिलर यो खेलमा प्लेयर अफ द म्याच बने ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सुदूरपश्चिमका सेफ जेबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३, थरिन्दु रत्नायकले नटआउट २२ रन बनाए । कर्णालीका मार्क वाटले २ विकेट लिए ।
यो जीतसँगै सुदूरपश्चिम ५ खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कर्णाली लगातार दोस्रो हारसहित ४ खेलमा ४ अङ्कसहित पाँचौँ स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् ।
चितवन ३ खेलमा ३ अङ्कसहित सातौँ र पोखरा ३ वटै खेल हारेर अङ्कविहीन हुँदै पुछारमा छ ।
८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

एनपीएलःसुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य
नवलपुर,कात्तिक २०। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा खेल्दै
नवलपुर,कात्तिक २० । नेपाल प्रिमियर लिग एनपीएलमा आज २ वटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

एनपीएलःजनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
नवलपुर, कात्तिक १९। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ । लुम्बिनीले दिएको








प्रतिकृया दिनुहोस