एनपीएलःसुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य
नवलपुर,कात्तिक २०। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो ।
सुदूरपश्चिमका सेफ जेबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३, थरिन्दु रत्नायकले नटआउट २२ रन बनाए । कर्णालीका मार्क वाटले २ विकेट लिए ।
कर्णालीमा अनुबन्ध दक्षिण अफ्रिकाका डेभिड मिलरले यो खेलमा डेब्यु गरेका छन् ।
कर्णाली ३ खेलमा ४ अङ्कसहित तेस्रो र सुदूरपश्चिम ४ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा छैटौँ स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् ।
चितवन ३ खेलमा ३ अङ्कसहित सातौँ र पोखरा ३ वटै खेल हारेर अङ्कविहीन हुँदै पुछारमा छ ।
८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

एनपीएलःमिलरले डेब्युमै नटआउट ९३ रन बनाए पनि कर्णाली पराजित
नवलपुर, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा खेल्दै
नवलपुर,कात्तिक २० । नेपाल प्रिमियर लिग एनपीएलमा आज २ वटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

एनपीएलःजनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
नवलपुर, कात्तिक १९। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ । लुम्बिनीले दिएको








प्रतिकृया दिनुहोस