-->

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा खेल्दै

Nawalpurfm

नवलपुर,कात्तिक २० । नेपाल प्रिमियर लिग एनपीएलमा आज २ वटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन् ।

दुवै टोलीले समान चार अंक जोडे पनि कर्णाली रनरेटका आधारमा अगाडि छ । चार अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको कर्णालीले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ ।

छैटौँ स्थानमा रहेको सुदूरपश्चिमले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ । टोली रनरेटका आधारमा पछाडि पर्दा छैटौँ स्थानमा छ ।

आजै बेलुकी ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुँदैछ । खेलमा पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । अहिलेसम्म तीन खेल खेलेको पोखराले खाता खोल्न सकेको छैन । टोली अंकविहीन बन्दै तालिकाको पुछारमा छ ।

चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । तीन अंकका साथ तालिकाको सातौँ स्थानमा रहेको चितवनले समान एक जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

एनपीएलमा हिजो काठमाण्डौले विराटनगरलाई पराजित गर्दा लुम्बिनीले जनकपुरलाई हरायो । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

एनपीएलःमिलरले डेब्युमै नटआउट ९३ रन बनाए पनि कर्णाली पराजित

नवलपुर, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य

Nawalpurfm

एनपीएलःसुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य

नवलपुर,कात्तिक २०। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि

Nawalpurfm

एनपीएलःजनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

नवलपुर, कात्तिक १९। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ । लुम्बिनीले दिएको

↑