एनपीएलःलगातार चौथो हारपछि पोखराको पहिलो जीत, कर्णाली ६३ रनले पराजित
नवलपुर, कात्तिक २३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जीत हासिल गरेको छ ।
पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीका पवन सर्राफले सबैभन्दा धेरै ३२ रन बनाए ।, आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ रन बनाए । पोखराका मेहदी हसनले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । पोखराका युवराज सम्राले शतक बनाए । सम्रा ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतमा १०२ रन जोड्दै आउट भए । यस्तै कप्तान कुशल भुर्तेलले ६२, चमिका करुणारत्नेले नटआउट ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए ।
युवराज साम्राले एनपीएलको इतिहासमा चौथो र यो संस्करणमा पहिलो शतक बनाएका हुन् । एनपीएलमा शतक बनाउने ४ जनामध्ये युवराज पोखराका तेस्रो खेलाडी हुन् । पहिलो संस्करणमा पोखराका आन्द्रेस गौस तथा दोस्रो संस्करणमा पोखराकै एडम रसिङटन र कर्णालीका मार्क वाटले शतक बनाएका थिए ।
पोखराले बनाएको २१७ रन एनपीएलको इतिहासमा दोस्रो ठूलो योगफल हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले पोखरासँगको खेलमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो ।
यो जीतसँगै पोखरा ५ खेलमा २ अङ्क जोड्दै तालिकाको पुछारमा छ । कर्णाली लगातार तेस्रो हारसहित ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाज खेल्दैछन् । काठमाण्डौ ४ खेलमा ६ अङ्कसहित दोस्रो र चितवन ४ खेलमा ५ अङ्कसहित चौथो स्थानमा छ ।

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै
नवलपुर,कात्तिक २४ । ओमानमा चलिरहेको यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा

एनपीएलमा आज लक्ष्मीपूजा र बुधबार भाइटीकाको दिन विश्राम
नवलपुर,कात्तिक २२ । काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज

१९ वर्ष मुनिको एशिया कप क्रिकेटमा नेपालले आज यूएइसँग खेल्दै
नवलपुर,कात्तिक २२ । १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । ओमानको अल अमेरातमा हुने नेपाल र यूएईबीचको







.2026-11-04-09-44-07.jpeg)
प्रतिकृया दिनुहोस