-->

एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै

Nawalpurfm

नवलपुर,मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्ने अर्को टोलीको टुङ्गो आज लाग्दैछ ।

यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ । दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट रंगशालामो खेल बेलुका ५ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि पर्सि शनिवार साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले आज सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला लिँदै फाइनल पुग्ने अवसर छ ।

चितवन पहिलोपटक एनपीएलको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रंदैछ । चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाउने क्रममा हिजो भएको एलिमिनेटरमा काठमाण्डौ गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । चितवनसँग पराजित भएसँगै काठमाण्डौ गोर्खाजको उपाधि यात्रा समाप्त भएको छ ।

आजको खेलले फाइनलमा लुम्बिनीसँग खेल्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । आज चितवन विजयी भए पहिलोपटक फाइनल पुग्दै इतिहास बनाउनेछ भने सुदूरपश्चिम विजयी भए लगातार तेस्रोपटक फाइनलमा पुग्नेछ ।

यसअघि सुदूरपश्चिम पहिलो र दोस्रो सिजनमा फाईनलमा पुगे पनि उपाधी जित्न सकेको छैन । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

एनपीएलःचितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत

नवलपुर, कात्तिक २९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ । कर्णालीले

Nawalpurfm

त्रिवि क्रिकेट रङ्गशालाको पिचबारे असन्तुष्टि

नवलपुर,कात्तिक २८ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भैरहेको त्रिवि क्रिकेट रङ्गशालाको पिचमा पछिल्ला खेलहरूमा उच्च स्कोरको रन बन्न

Nawalpurfm

एनपीएलःदीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमाण्डौलाई १२६ रनको लक्ष्य

नवलपुुर, कात्तिक २७ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

↑