एन्फामाथि राखेपले लगाएको निलम्बन र प्रतिबन्ध फुकुवा
नवलपुर, मंसिर ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।
राखेपको कार्यकारी समितिले एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध आज फुकुवा गरेको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै यसबार जानकारी गराउनुभएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको पत्रमा उल्लेख छ ।
राखेपले यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सम्बन्धित मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) लाई समेत गराएको छ ।
यसअघि पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गएको चैत ११ गते राखेपले एन्फालाई निलम्बन गरेको थियो । यसपछि एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले असार ११ गते एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो । एन्फामाथि फिफाको प्रतिबन्ध यथावत् छ ।

मध्यविन्दु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख अधिकारीद्वारा उद्घाटन
नवलपुर, मंसिर ३ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। कुमारवर्ती माध्यमिक विद्यालयको

एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै
नवलपुर,मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्ने अर्को टोलीको टुङ्गो आज लाग्दैछ । यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम

एनपीएलःचितवनलाई हराउँदै कर्णालीको सान्त्वना जीत
नवलपुर, कात्तिक २९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जीत हात पारेको छ । कर्णालीले



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस