दीपेन्द्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, रिजन सर्वोत्कृष्ट नेपाली खेलाडी
नवलपुर,मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।
त्रिवि क्रिकेट रंगशालामा हिजो भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमै बिना विकेटको क्षति पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले ५४ बलमा अविजित १२५ रन बनाए । उनले शतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका दिलीप नाथले अविजित ३९, रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । यससँगै लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले पहिलो उपाधि जित्न सफल भएको छ ।
यसअघि सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको थियो । उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिएका थिए । उत्कृष्ट खेलाडी बनेका ऐरीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका उनले कार पुरस्कार प्राप्त गरे । उत्कृष्ट बलरको अवार्डसमेत जितेका रिजनले मोटरसाइकल पनि पाएका छन् ।
यस्तै, विराटनगर किंग्सका लोकेश बम २४२ रन बनाउँदै उत्कृष्ट ब्याटर घोषित भए । उनले पनि मोटरसाइकल प्राप्त गरे । जनकपुर बोल्ट्सका राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जित्दै मोटरसाइकल पुरस्कार पाए ।
चितवन राइनोजका श्रीलंकाली खेलाडी कमिल मिशारा इनर्जेटिक प्लेयर घोषित हुँदै दुई लाख रुपैयाँ प्राप्त गरे । फाइनलमा सुदूरपश्चिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका जर्ज मुन्सी प्लेयर अफ द म्याच घोषित भए ।
उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गर्दा चितवन राइनोज प्रतियोगितामा तेस्रो भएको थियो । कात्तिक ९ गतेदेखि शुरु भएको एनपीएलमा जम्मा ८ वटा फ्रेन्चाइज टोलीहरू सहभागी थिए ।

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
नवलपुर,मंसिर ६ । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग खेल्दै
नवलपुर,मंसिर ६ । एशिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । यो खेल कतारको दोहामा नेपाली समयअनुसार बिहान पौने १२

नेपाली धाविका सन्तोषीले जितिन् दुई स्वर्ण
नवलपुर, मंसिर ५ । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जितेकी




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस