-->

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

Nawalpurfm

नवलपुर,मंसिर ६ । यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ ।

त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न ठाउँमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिनुभयो ।  

उहाँका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ  (नेपालगञ्ज) हुनेछ ।  त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम) मा हुनेछ ।

सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एकरएक खेल हुनेछन् ।  

त्यस्तै, बाँके र बर्दियामा दुईरदुई खेल सञ्चालन गरिनेछ । केही खेल पर्सि मङ्सिर ८ गतेदेखि शुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने मङ्सिर १६ गते गरिने छ ।

प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति  गठन गरिएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग खेल्दै

नवलपुर,मंसिर ६ । एशिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । यो खेल कतारको दोहामा नेपाली समयअनुसार बिहान पौने १२

Nawalpurfm

दीपेन्द्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, रिजन सर्वोत्कृष्ट नेपाली खेलाडी

नवलपुर,मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । त्रिवि क्रिकेट रंगशालामा हिजो भएको फाइनलमा

Nawalpurfm

नेपाली धाविका सन्तोषीले जितिन् दुई स्वर्ण

नवलपुर, मंसिर ५ । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जितेकी

↑