-->

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग खेल्दै

Nawalpurfm

नवलपुर,मंसिर ६ । एशिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

यो खेल कतारको दोहामा नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । समूह ‘बी’मा रहेको नेपाल आफ्नो पहिलो खेलमा अस्ति शुक्रबार भारत ‘ए’ सँग ३०६ रनले पराजित भएको थियो ।

भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११ ओभर ३ बलमा २६ रनमै अलआउट भएको थियो । नेपाल रहेको समूहमा भारतसहित पाकिस्तान र यूएई छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल आज दिउँसो पौने ४ बजेदेखि शुरु हुनेछ ।

नेपालले प्रतियोगिताको समूह चरणको अन्तिम खेल पर्सि मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

नवलपुर,मंसिर ६ । यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको

Nawalpurfm

दीपेन्द्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, रिजन सर्वोत्कृष्ट नेपाली खेलाडी

नवलपुर,मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । त्रिवि क्रिकेट रंगशालामा हिजो भएको फाइनलमा

Nawalpurfm

नेपाली धाविका सन्तोषीले जितिन् दुई स्वर्ण

नवलपुर, मंसिर ५ । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जितेकी

↑