नेपाली धाविका सन्तोषीले जितिन् दुई स्वर्ण
नवलपुर, मंसिर ५ । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जितेकी छन् ।
हुलुमालेमा रहेको सेन्ट्रल पार्कमा भएको प्रतियोगितामा सन्तोषीले महिला हाफ म्याराथन र ५ किलोमिटर दौडमा स्वर्ण पदक हात पारेकी हुन् । उनले हाफ म्याराथनको दूरी १ घण्टा २६ मिनेट ३९ सेकेन्डमा पूरा गरिन् ।
यस विधामा माल्दिभ्सकी आइसाथ जिनानी इब्राहिमले रजत र फाथिमथ सिजाले कांस्य पदक जिते । दुवै विधाको स्वर्णसँगै सन्तोषीले झण्डै २ हजार ३ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेकी छन् ।
पुरुष हाफ म्याराथनमा नेपालका सन्तोषविक्रम विष्ट एक सेकेन्डले पछि पर्दै रजत पदकमा सीमित भए । वर्ल्ड एथलेटिक्सबाट मान्यताप्राप्त यस प्रतियोगितामा विभिन्न देशका ५ हजार ५ सय धावकको सहभागिता रहेको थियो ।

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्योःखेलकुद मन्त्री पोखरेल
नवलपुर, मंसिर ५ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया
-17952219752026-11-21-06-56-31.jpeg)
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै
नवलपुर,मंसिर ५ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल त्रिवि

क्यानले भन्यो – एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ भयो
नवलपुर,मङ्सिर ४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको जनाएको छ । क्यानका सचिव पारस




.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस