-->

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्योःखेलकुद मन्त्री पोखरेल

Nawalpurfm

नवलपुर, मंसिर ५ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

थाइल्यान्डमा फिफा र एशियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिनुभयो । उहाँका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत चुनाव गराउन सहमत भएका छन् ।

चुनाव कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ । मन्त्री पोखरेलले एन्फाको चुनाव पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको बताउनुभयो ।

सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई फिफाले सकारात्मक रूपमा लिएको उहाँको भनाइ छ ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपाली धाविका सन्तोषीले जितिन् दुई स्वर्ण

नवलपुर, मंसिर ५ । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जितेकी

Nawalpurfm

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

नवलपुर,मंसिर ५ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल त्रिवि

Nawalpurfm

क्यानले भन्यो – एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ भयो

नवलपुर,मङ्सिर ४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको जनाएको छ । क्यानका सचिव पारस

↑