-->

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

Nawalpurfm

नवलपुर,मंसिर ५ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।

यसअघि दोस्रो संस्करणमा पनि सुदूरपश्चिम र लुम्बिनीले फाइनल खेलेका थिए । अघिल्लो पटक सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो उपाधि जितेको थियो । लुम्बिनीलाई लगातार दोस्रोपटक एनपीएलको उपाधि जित्ने मौका छ ।

त्यस्तै लगातार तेस्रो पटक फाइनल खेल्न लागेको सुदूरपश्चिमका लागि पहिलो पटक उपाधि जित्ने अवसर छ । अस्ति बिहीबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै लिग चरणको पहिलो खेलमा पनि सुदूरपश्चिमले लुम्बिनीसँग ७ विकेटको हार बेहोरेको थियो । लगातार तेस्रोपटक फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो । सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा ५ विकेटले पराजित भएको थियो ।

तेस्रो संस्करणको उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत पुरस्कारको प्रतिस्पर्धा पनि रोचक बनेको छ । सर्वोत्कृष्ट नेपाली खेलाडीले कार तथा उदीयमान खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

गएको कात्तिक ९ गतेदेखि शुरु भएको एनपीएलको तेस्रो संस्करण आज सकिंदैछ । यो संस्करणमा अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने प्रविधि अर्थात् डीआरएसको प्रयोग अनि आईसीसीबाट प्राप्त मान्यता महत्वपूर्ण र चर्चाका विषय बनेका छन् ।

यसपटक विदेशी खेलाडीहरु डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेललगायतको सहभागिता एनपीएललाई विशेष बनाउन महत्वपूर्ण रह्यो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपाली धाविका सन्तोषीले जितिन् दुई स्वर्ण

नवलपुर, मंसिर ५ । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा सम्पन्न १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा कोर्स रेकर्डसहित दुई स्वर्ण पदक जितेकी

Nawalpurfm

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्योःखेलकुद मन्त्री पोखरेल

नवलपुर, मंसिर ५ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया

Nawalpurfm

क्यानले भन्यो – एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ भयो

नवलपुर,मङ्सिर ४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको जनाएको छ । क्यानका सचिव पारस

↑