-->

क्यानले भन्यो – एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ भयो

Nawalpurfm

नवलपुर,मङ्सिर ४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको जनाएको छ ।

क्यानका सचिव पारस खड्काले निकाल्नुभएको विज्ञप्तिअनुसार फाइनल खेलको टिकट बिक्री खुला गरिएको समयमा झन्डै २ लाख ई–सेवा प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेका थिए । तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको सचिव खड्काले बताउनुभयो ।

यसैबीच एनपीएल फाइनलको टिकट नपाएका दर्शकहरूले त्रिवि क्रिकेट मैदान गेटबाहिर पुगेर विरोध प्रदर्शन गरेका छन् ।

तेस्रो संस्करणको एनपीएल फाइनलमा भोलि बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भारत ‘ए’ सँगको खेलमा नेपालले टस जितेर बलिङ गर्दै

नवलपुर,मङ्सिर ४ । एशिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत भारत ‘ए’ सँगको खेलमा नेपालले टस जितेको छ । कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क

Nawalpurfm

सन् २०२७ मा नेपाली क्रिकेट टोलीले इङ्ल्यान्डमा ६ खेल खेल्ने

नवलपुर,मङ्सिर ४ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउँदो वर्ष सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग ६ वटा खेल

Nawalpurfm

मध्यविन्दु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख अधिकारीद्वारा उद्घाटन

नवलपुर, मंसिर ३ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। कुमारवर्ती माध्यमिक विद्यालयको

↑