-->

भारत ‘ए’ सँगको खेलमा नेपालले टस जितेर बलिङ गर्दै

Nawalpurfm

नवलपुर,मङ्सिर ४ । एशिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत भारत ‘ए’ सँगको खेलमा नेपालले टस जितेको छ ।

कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका छन् । अहिले भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एशिया कप राइजिङ स्टार्समा स्थान बनाएको हो ।

५० ओभरको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका कारण रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडी भने प्रतियोगितामा सहभागी छैनन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

क्यानले भन्यो – एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ भयो

नवलपुर,मङ्सिर ४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको जनाएको छ । क्यानका सचिव पारस

Nawalpurfm

सन् २०२७ मा नेपाली क्रिकेट टोलीले इङ्ल्यान्डमा ६ खेल खेल्ने

नवलपुर,मङ्सिर ४ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउँदो वर्ष सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग ६ वटा खेल

Nawalpurfm

मध्यविन्दु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख अधिकारीद्वारा उद्घाटन

नवलपुर, मंसिर ३ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। कुमारवर्ती माध्यमिक विद्यालयको

↑