सन् २०२७ मा नेपाली क्रिकेट टोलीले इङ्ल्यान्डमा ६ खेल खेल्ने
नवलपुर,मङ्सिर ४ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउँदो वर्ष सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग ६ वटा खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हिजो पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि इङ्ल्यान्डको ऐतिहासिक लड्र्स क्रिकेट मैदानमा बङ्गलादेशसँग टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ ।
त्यस्तै आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ । यस्तै, आयरल्यान्डसँगै ३ वटा टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ । मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०को सहकार्यमा हुन लागेको भ्रमणलाई नेपाल र एमसीसीबीच पछिल्लो समय विस्तार हुँदै गएको क्रिकेट साझेदारीको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
दुवै संस्थाले नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तरराष्ट्रिय साझेदारी विस्तारका क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

क्यानले भन्यो – एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ भयो
नवलपुर,मङ्सिर ४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको जनाएको छ । क्यानका सचिव पारस

भारत ‘ए’ सँगको खेलमा नेपालले टस जितेर बलिङ गर्दै
नवलपुर,मङ्सिर ४ । एशिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत भारत ‘ए’ सँगको खेलमा नेपालले टस जितेको छ । कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क

मध्यविन्दु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, नगर प्रमुख अधिकारीद्वारा उद्घाटन
नवलपुर, मंसिर ३ । नवलपुरको मध्यविन्दु नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। कुमारवर्ती माध्यमिक विद्यालयको



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस