-->

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

Nawalpurfm

नवलपुर,मंसिर ३ । नेपाल र भारतले संयुक्तरूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली क्षेत्रको संरक्षण तथा जैविक विविधता जोगाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

भेटमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिम, विपद् व्यवस्थापन, वन संरक्षण, जलवायु वित्त तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । नेपालले हिमालय क्षेत्रसम्बन्धी कार्ययोजना र स्थायी एजेन्डा कोप–३१ को निर्णयमा समावेश गर्न भारतको समर्थन माग गरेको छ ।

साथै, जलवायु विज्ञान, पूर्वसूचना प्रणाली, अनुकूलन र वित्तीय सहयोगमा सहकार्य विस्तार गर्न मन्त्री चौधरीले आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ अधिवेशनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले औपचारिक रूपमा प्रस्ताव गर्नुभएको ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’  स्थापना गर्ने प्रस्तावलाई कार्यान्वयनमा ल्याउन भारतको सहयोग र समर्थनका लागि आग्रह गरिएको छ ।

भेटमा अवैध वन्यजन्तु व्यापार तथा चोरीसिकार नियन्त्रण, सीमापार वन्यजन्तु आवागमन क्षेत्रको संरक्षण र दिगो वन व्यवस्थापनमा प्राविधिक सहयोग तथा ज्ञान आदानप्रदान बढाउने विषयमा समेत छलफल भएको छ ।

भारतीय मन्त्री यादवले संवादमा आउने विषयमा आफू सकारात्मक रहेको बताउनुभएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । दुवै पक्षले जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मकवानपुरको भीमफेदीमा जीप दुर्घटनाः३ जनाको ज्यान गयो, ७ जना घाइते

नवलपुर, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते

Nawalpurfm

काठमाण्डौ– तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत काम सम्पन्न

नवलपुर,मंसिर ३ । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । मकवानपुरको भीमफेदी र बकैया

Nawalpurfm

अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन आजदेखि

नवलपुर,मंसिर ३ । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि शुरु हुँदैछ । समाजका महासचिव शिवकुमार बाँस्कोटाले आजदेखि पर्सि

↑