मकवानपुरको भीमफेदीमा जीप दुर्घटनाः३ जनाको ज्यान गयो, ७ जना घाइते
नवलपुर, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।
घाइते ७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि गएको कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए ।

काठमाण्डौ– तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत काम सम्पन्न
नवलपुर,मंसिर ३ । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । मकवानपुरको भीमफेदी र बकैया

अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन आजदेखि
नवलपुर,मंसिर ३ । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि शुरु हुँदैछ । समाजका महासचिव शिवकुमार बाँस्कोटाले आजदेखि पर्सि

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर
नवलपुर,मंसिर ३ । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै



.2026-11-12-06-40-08.jpeg)





प्रतिकृया दिनुहोस